तातोपानी नाका छिट्टै सञ्चालनमा आउने


 


काठमाडौं,पुस ५
चीनले नेपाल र चीनबीचको पुरानो तातोपानी नाका खोल्ने प्रतिवद्धता जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओ र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको भेटमा लिउले चाँडै तातोपानी नाका खुलाउने प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्री दाहालले तातोपानी नाका नखुल्दा नेपाललाई अप्ठेरो परेको जानकारी गराएपछि लिउले नेपाल चीनको सम्बन्धको प्रतिकको रुपमा रहेको नाका खुलाउन आफूहरु गम्भीर रहको वताएका थिए ।
नेपाल भ्रमणमा रहेका लिउले सोमबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।

नेपालका नेताहरुसँगको भेटमा लिउले चीनले नेपालको समृद्धि देख्न चाहेको र त्यसका लागि चीन सहयोग गर्न तयार रहेको वताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्