ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली लागु हुँदै



काठमाडौं, पुस ५
सरकारले १७ पुसदेखि ट्याक्सीमा यात्राको दूरी र तोकिएको भाडादरअनुसार लाग्ने रकमको कम्प्युटरकृत बिल यात्रुले पाउने व्यवस्था गर्दै छ ।

यो कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयनमा आएपछि ट्याक्सीचालकले मौखिक रूपमा ‘यति रकम देऊ’ भन्ने पाउने छैनन् ।

उनीहरूले तोकिएको भाडादरअनुसारको बिल दिनेछन् । र, बिलअनुसारको रकम यात्रुले तिर्नुपर्नेछ । साथै, तोकिएको भाडाभन्दा बढी रकम ट्याक्सी चालकले लिएको पाइएमा यात्रुले उजुरी गर्न सक्नेछन् । किनकि, बिलमा तिर्नुपर्ने रकमबाहेक ट्याक्सी नम्बर, पार गरेको दूरी र ट्याक्सी चालकको नामसमेत हुनेछ ।

पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रूपमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) कार्यान्वयन गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News