डिभोर्सपछि पनि यस्तो गर्छन् ऋतिक र सुजैन


 


एजेन्सी ।

बलिउड नायक ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन डिभोर्स भएको ३ वर्षपछि पनि समय – समयमा एकसाथ पार्टीमा रमाइरहेको हुन्छन् ।

गत बिहिबार ऋतिकको गाडीमा बसेर सुजैन घर गएकी थिइन् ।
मुम्बइको एक रेष्टुरेन्टमा एकसाथ खाना खाएका यी दुई जना एउटै गाडीमा चढेर निस्किएका थिए ।
यी दुइको यस्तो भेटघाटले कतै यी दुई फेरि एक हुँदै छन् कि भन्ने चर्चा पनि चल्न थालेको छ ।

बलिउड नायक ऋतिक रोशन र पत्नी सुजैनको डिभोर्स सन् २०१३ को डिसेम्बरमा भएको थियो ।

अझैसम्म पनि यी दुईको डिभोर्स हुनुको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्