गंगालाल हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. मल्ललाई


 


काठमाडौं, पुस ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. रवि मल्ललाई दिएको छ ।

मन्त्री मोहनबहादुर बस्नेतले बुधबार डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् । कार्यकारी निर्देशक नतोकेसम्म डा. मल्लले नै केन्द्रको जिम्मेवारी सम्हाल्नेछन्।

डा. मल्ललाई केही समय केन्द्र हेर्ने गरी जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । कार्यकारी निर्देशकका लागि डा. मल्ल, डा. रामेश कोइराला र डा. अरूण मास्केलगायतको नाम चर्चामा छ ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्