गर्भवती महिलालाई दुईसय रुपैयाँको रिचार्ज !


 


ललितपुर, पुस १६ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले गर्भवती महिलालाई पहिलो र अन्तिम भेटमा दुई पटक गरि दुई सय रुपैयाँको मोबाइल रिचार्ज उपलब्ध गराउने भएको छ ।

गर्भवती महिलालाई स्वस्थ्य जाँच गर्न उत्प्रेरणा स्वरुप गाउँपालिकाले उक्त नीति कार्यान्वयन गर्न लागेको हो । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले गाउँपालिकाले गर्भवती महिलाको प्रोत्सानका लागि रिचार्ज उपलब्ध गराउन लागिएको बताए ।

उनका अनुसार संभव भएसम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी प्रत्येक वडामा वर्षमा एक हप्ताको विशेषज्ञ सेवा उपलब्ध गराउने, बालविबाह न्यूनिकरण गर्नका लागि प्रोत्सानको व्यवस्था गर्ने, वीग स्कूलको अवधारणालाई कार्यान्वयन गर्ने नीति गाउँपालिकाले कार्यान्वयन गर्न लागेको हो ।

त्यस्तै जनताको घरदैलोमा पुगेर सेवा प्रवाह गर्न संभव भएसम्म प्रत्येक वडामा वर्षको एक पटक एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने गरी योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्