सुनको भाउ घट्यो


 


काठमाडौं, पुस ७

सुनको भाउ घटेको छ । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ५१ हजार ८ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो ७ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्