स्वास्थ्य बीमा कार्यक्रममा अब नयाँ व्यवस्था लागू हुँदै


 


काठमाडौँ, पुस २६ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी ९को–पेमेण्ट० प्रणाली लागू गर्ने भएको छ । जुन व्यवस्था आगामी माघ १ गतेदेखि लागु गरिनेछ ।

बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था लागू गर्ने जानकारी दिएको हो ।

सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिनको लागि सह–भुक्तानी को’पेमेन्ट लागू गर्न बोर्डले अपिल समेत गरेको छ ।

दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धि कार्यविधि,२०८० परिमार्जन सहित लागू गर्न लागिएको बताए ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्