कस्ताे रह्याे अाज सेयर बजार ?


 


काठमाडौँ, पुस ७

लगातार घट्दै आएको सेयर बजारमा आज भने सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको छ ।

लगातार ओरालो लागेको बजारमा सामान्य वृद्धिको पछाडि नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषयमा भएको सहमतिले काम गरेको बताइएको छ ।

नेपाल टेलिकमको सेयर मूल्यमा आएको वृद्धिले नेप्सेलाई उकास्न आधार दिएको बताइन्छ । दोहोरो अङ्कले झरेको बजार आज भने करिब पाँच अङ्कले उकालो लागेको हो ।

आज कुल १३८ कम्पनीको सात लाख ६९ हजार कित्ता सेयर रु ५० करोड २२ लाख किनबेच भएका छन् । बैंकिङ ०.२१, विकास बैंक ०.३८, उत्पादन १.६२ र अन्य समूह २.७४ प्रतिशतले बढेको छ भने होटल १.२५, जलविद्युत् ०.८७, फाइनान्स ०.५ र बिमा समूह ०.१४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्