डब्ल्यूएचओले भन्यो : कोभिड–१९ फैलियो, जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च छ


 


एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको जनाएको छ ।

अध्ययनका अनुसार कोभिड– १९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा सो कुरा बताएकी हुन् ।

कोभिड–सम्बन्धित मृत्युमा ठूलो कमी आएको भएता पनि ५० देशबाट अझै पनि प्रति महिना करिब १० हजारको मृत्यु हुने गरेको बताइएको छ ।

केरखोभले भाइरसको विकसित प्रकृतिको बारेमा चिन्ता व्यक्त गर्दै कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमहरूको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताएकी छिन् ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्