आखिर के सम्झीन् करिनाले! एका एक पछुताउनलाई



एजेन्सी
मंगलबार मात्र छोराकी आमा बनेकी करिना कपुरले आफ्नी सासू शर्मिला ट्यागोरसामु एउटा कुरामा सधैं लज्जित भइरहनुपरेको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सानो हुँदा करिनालाई पढाइमा कुनै रुचि थिएन ।

तर, सानैदेखि उनको लक्ष्य फिल्ममा काम गर्ने नै थियो । करिना प्रायः गरेर क्लास बंक गरेर आफ्नो अभिनेतृ दिदी करिश्मा कपुरलाई भेट्न जान्थिन् ।

कलेजको पढाइ पूरा नहुँदै करिनाले २० वर्षको उमेरमा नै रिफ्युजीबाट फिल्मी करिअर शुरु गरेकी थिइन् ।

तर, उनलाई पढाइ छोडेकोमा भने पछुतो छ। एक म्यागेजिनसँगको अन्तरवार्ताका क्रममा उनले भनेकी छिन ‘सेफअलि खान (अभिनेता तथा करिनाका पति) को परिवारको सबै सदस्य हाई क्वालिफाइड छन् ।’

जब कि करिनाको खानदानमा भने सधैं फिल्मकै विषयमा कुरा हुने गथ्र्यो । जब शर्मिला र सोहाअलि खानसँग उनी कुराकानी गर्छिन् उनलाई आफ्नो कम पढाइको महसुस हुने गर्छ । तर उनी आफ्नो छोराको पढाई राम्रो हुनेमा  विश्वसत छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News