अब अनलाइनबाटै सवारी चालक अनुमति पत्रको फाराम भर्न सकिने


 


काठमाडौँ, पुस  ९

सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट www.gotam.gov.np मा गएर फाराम भर्न सकिन्छ ।

अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।

“कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ”–उनले भने ।

यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: ९ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्