स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बर्खास्त


 


काठमाडौँ, माघ १६ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

गत माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।

बसौलालाई हटाउने निर्णय पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

‘बीमाको कार्यक्रम जुन गतिमा लैजानु पर्ने हो, सो गतिमा लैजान नसकेको र बीमाका विभिन्न प्रदायकको गुनासो सम्बोधन गर्न नसेकाले उहाँलाई बर्खास्त गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ,’ उनले भने ।

तीन वर्षअघि बसौलालाई बोर्डमा कार्यकारी निर्देशकका रुपमा नियुक्ति गरिएको थियो ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्