रुसी सेनामा १५ हजार नेपाली भर्ना भएको दाबी


 


काठमाडौं । नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनका अनुसार रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका हुन् ।

प्याकेजमा मासिक कम्तीमा २ हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको समाचारमा उल्लेख छ ।

रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेको बताइएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्