निम्न माध्यामिक तहको शिक्षक पदमा दरखास्त आह्वान


 


काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबारदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल जततउकस्ररयलष्लिभ।तकअ।नयख।लउ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्