क्यानडामा सडक दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु


 


काठमाडौँ, फागुन २ । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा पर्दा दुई विद्यार्थीको मृत्यु भएको हो ।

त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरू रहेको उल्लेख गरेका छन् ।

घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको खुलेको छ ।

अन्टारियो प्रोभिन्सियल पुलिसले भने गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । उनीहरू लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्