कक्षा १२ को परीक्षा तालिका सार्वजनिक


 


काठमाडौं, फागुन ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । परीक्षा वैशाख २६ गते सकिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्