मलेसियामा भोजपुर सेवा समाजकाे तदर्थ समिति गठन



क्वालालाम्पु, पुस १२

भोजपुरबाट वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका भोजपुरेहरु संगठित भएका छन । २५ डिसेम्बर २०१६ का दिन मलेसियाको कोतारायमा भेला भएर भोजपुरेहरुले “भोजपुर सेवा समाज मलेसिया”को गठन गरेका हुन् ।

भोजपुरबाट मलेसिया आई विभिन्न स्थानमा कार्यरत भोजपुरेहरु भेला भई रामबहादुर तामाङ (ठूले पूर्वेली) काे अध्यक्षतामा ८ सदस्यिय तदर्थ कार्य समितिको चयन भएकाे हो । तामाङ लामो समयदेखि मलेसियामा कार्यरत छन् । त्यस्तै समितिकाे उपाध्यक्षमा अाेमप्रकाश बिष्ट, सचिव निमाराज तामाङ, सह–सचिव चित्रबहादुर पाण्डे, काेषाध्यक्ष सुवास पुरी, सदस्यहरूमा उत्तम रार्इ, सुरेश पाख्रिन र छिरिङ तामाङ रहेका छन् ।

त्यस्तै वरिष्ठ सल्लाहकारमा जोन राई रहेकाे नवगठित कार्यसमितिले जनाएकाे छ । कार्यक्रममा प्रवासी इलामेली जन सम्पर्क मञ्चका अध्यक्ष नरेन्द्र कार्की (नरेन्द्र दाइ) को विशेष उपस्थिति रहेको थियो । उहाँले संस्थाको वृद्धि र विकासको विषयमा समेत बोल्नु भएको थियो । आगामी दिनमा संस्थाको वृद्धि र विकास गर्ने निर्णय समेत तदर्थ कार्यसमितिले उदेश्य लिएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत सम्पूर्ण नेपालीहरूकाे समस्यामा साथ सहयोग गर्ने उदेश्यका साथ भोजपुर सेवा समाज मलेसियाको तदर्थ कार्यसमिति चयन भएको हाे । नेपालीलाई परेको कानुनी समस्या र कम्पनीबाट पाएको दु:ख साथै घर फर्किन नसकेको नेपालीलाई नि:स्वार्थ भावमा सहयोग पुर्‍याउने समाजको उदेश्य रहेको छ ।

 

मलेसिया भरी नै छरिएर बसेका भोजपुरेहरुसगँ सम्पर्क गरी अघि बढ्ने प्रतिबद्धता समेत तदर्थ कार्यसमितिले गरेको छ । संस्थाकाे मासिक बैठक बसी  लेभि समेत जम्मा गर्ने र जम्मा गरिएको रकमलाई सहयोगमा खर्च गर्ने निर्णय गरेकाे समितिले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News