अनुगमनको सुइँको पाएपछि हाकिम ‘फरार’


 


काठमाडौं, पुस १२
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन्।

सेवाग्राहीको भीड, अस्तव्यस्त कार्यप्रणाली देख्दा कुनै मेलामा पुगेजस्तो अनुभव भएको सांसदले बताए।

सुशासन तथा अनुगमन समितिको टोली एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय र सवारीचालक अनुमतिपत्र कार्यालयका समस्याबारे जानकारी लिन बिहान साढे ११ बजे पुगेको थियो।

त्यही बेला सवारीचालक अनुमतिपत्र कार्यालयका प्रमुख टोली आउने जानकारी पाएपछि बाहिरिएको थिए। आजको नागरिक दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्