स्नातकोत्तर तह प्रथम वर्ष परीक्षाफल प्रकाशित


 


काठमाडौँ, असार १
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा समाजशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७०) का विभिन्न विषयका परीक्षाफल आज प्रकाशन गरिएको छ ।
 परीक्षाफल प्रकाशन गरिएकामा पत्रकारिता तथा आमसञ्चार, मनोविज्ञान, भाषा विज्ञान, हिन्दी, नेपाल भाषा, बौद्ध अध्ययन, संस्कृत, चित्रकला/मूर्तिकला र सङ्गीत विषय छन् । रासस

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्