दार्चुला अस्पतालकी सिनियर अनमी विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार


 


काठमाडौँ, फागुन १५ । दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् ।

त्यसै गरी सोही अवसरमा चार जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद राशी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरूमा कालिकोटका सिनियर अहेव दीर्घ बहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया रहेका छन् ।

हरेक वर्ष स्वास्थ्य मन्त्रालयले एक जना स्वास्थ्यकर्मीलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्