पोखरामा सडक महोत्सव हुँदै


 


पोखरा, पुस १३

पर्यटकीय सहर पोखरामा आज देखि १८ औ सडक महोत्सव हुदै छ । पोखराको फेवाताल किनारको कोमागाने पार्कमा आयोजना हुने महोत्सव आगामी पुस १७ गते सम्म सञ्चालन हुने छ ।

महोत्सवको आज सहरी वि कास मन्त्री अर्जुन नरसिंह केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त महोत्सव आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अंग्रजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको आयोजक रेवान पोखराले बताएको छ ।

उक्त महोत्सवमा डडेलधुरा र बागलुङको पौराणिक नृत्य, किराती सांस्कृतिक र चितवनका थारु महिलाको नृत्य समावेश गरिएको आयोजकले जनाएको छ । यस्तै नेपाली कलाकारहरु सहित जापानी, रुसी र भारतीय कलाकारहरुको पनि प्रस्तुति रहने बताइएको छ ।

चार लाख आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजक रेवानको अपेक्षा छ ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्