डा. केसीले दिए पुन: सत्याग्रहको चेतावनी, राखे ६ बुँदे माग


 


काठमाडौं, फागुन १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा। गोविन्द केसीले विभिन्न ६ बुँदे माग राख्दै पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन माग राख्दै पुनः सात्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

उनले मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा ६ बुँदे माग सार्वजनिक गरेका छन् ।

त्यस्तै उनले भेला हुने र प्रदर्शन गर्न पाउने संविधान प्रदत्त नागरिक अधिकार तत्काल फिर्ता गर्न पनि माग गरेका छन् । काठमाडौंको माइतीघर, नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयलगायतका क्षेत्रमा सरकारले तोकेको निषेधित क्षेत्र हटाउन र भेला हुन तथा प्रदर्शन गर्न पाउने अधिकार दिन डा। केसीले माग गरेका हुन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्