अर्बौं ठगीको आरोपमा सुधीर बस्नेत पक्राउ


 


काठमाडौँ, पुस १३

वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् ।धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले गएराति पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

प्रहरी आएको चाल पाएपछि बस्नेत भाग्न लाग्दा उनको हातमा सामान्य चोट लागेको छ । अदालतको फैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको खनालले जानकारी दिए ।

बस्नेतमाथि काठमाडौँ जिल्ला अदालतबाट छ महिना कैद, भक्तपुर अदालतबाट दुई वर्ष कैद र करिब रु १२ लाख जरिवाना सुनाईएको छ ।

बैंक तथा वित्तीय संस्था, र सर्वसाधारणबाट अर्र्बैं बढी रकम हिनामिना गरेको आरोप बस्नेतमाथि छ ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्