आज पनि बढ्यो सुनको मूल्य


 


काठमाडौँ, पुस १४

आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ३ सय रुपैँयाले बढेर ५२ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्