सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छः प्रधानमन्त्री


 



गण्डकी, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताउनुभएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाउनुभयो ।

“सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँचवटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्नेगरी नयाँ मोडलको खोजी भइरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “अनुदान दयही वर्षदेखि बढ्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु । उहाँले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खÞुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको अवस्थाबारे जानकारी लिनुभएको थियो । विभिन्न कार्यक्रममा सहभागी हुन आज पोखरा आउनुभएका उहाँ बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा पनि सरिक हुनुभयो । उहाँले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्