याे साता १ हजार बढ्याे सुनकाे मूल्य


 


Gold bars

काठमाडाैं, पुुस १६

याे साता स्थानीय बजारमा सुनको भाउ रू. १ हजारले बढेको छ । आइतवार रू. ५२ हजारमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार बढेर रू. ५३ हजारमा किनबेच भएको हो ।

साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार १ सय ५९ दशमलव ९० डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ९ रूपैँया २८ पैसा रहेको छ । गत साता चाँदीको भाउ १५ रुपैँयाले बढेको हो ।

सोमवार र मङ्गलवार सुनको मूल्य स्थिर रहेको थियो । बुधवार मूल्य रू. ४ सयले बढेर रू. ५२ हजार ४ सयमा किनबेच भएको थियो । विहीवार मूल्यमा रू. ३ सयले बृद्धि भएको थियो ।

शुक्रवार सुनको मूल्य रू. ३ सयले बढेर रू. ५३ हजार पुगेको हो । आइतवार रू. ७ सय ५० मा कारोबार भएको चाँदी बिहीवार रू. ७ सय ६५ सम्म पुगेको थियो । अन्तिम दिन शुक्रवार भने भाउ स्थिर रहेको थियो ।

प्रकाशित मिति: १६ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्