गाजा आक्रमणमा खाद्यान्न झार्दै गरेका सात सहायताकर्मीको मृत्यु


 


गाजा क्षेत्र । अमेरिकास्थित एक परोपकारी संस्थाले साइप्रसबाट समुन्द्री मार्ग हुँदै गाजामा वितरण गर्न लगिएको खाद्यान्न सामग्री झार्र्ने क्रममा इजरायली आक्रमणमा आफ्ना सात कर्मचारीको मृत्यु भएपछि गाजाको सहायता अभियान स्थगन गरिएको मङ्गलबार जनाएको छ ।

इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियानलाई समाप्त गरेपछि सोमबारको मृत्यु भएको हो । आक्रमणमा इजरायली सेनाले घेरिएको क्षेत्रको अस्पतालको सबैभन्दा ठूलो भवन जलेको र भग्नावशेषमा परिणत बनेको छ ।

“गाजामा आईडीएफको आक्रमणमा हाम्रो टोलीका सात जना सदस्य मारिएका छन्,” अमेरिकास्थित च्यारिटी ‘वल्र्ड सेन्ट्रल किचन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मृत्यु हुनेमा अस्ट्रेलिया, पोल्याण्ड, संयुक्त अधिराज्य, अमेरिका र क्यानडाका नागरिक र प्यालेस्टाइनका नागरिक रहेको र त्यसको जवाफमा उसले यस क्षेत्रमा आफ्नो अभियान रोकेको घोषणा गरेको छ ।
सहायता समूहले भनेको छ, “इजरायली सेनासँग समन्वयकारी गतिविधिसँगै सहायतासहित पुगेका ट्रकबाट १०० टन भन्दा बढी मानवीय खाद्य सहायताका लागि सामान झारी देइर अल–बलाह गोदामबाट बाहिर निस्कँदै गर्दा आक्रमण गरिएको जनाएको छ ।

इजरायली सेनाले यस दुखद घटनाको परिस्थिति बुझ्न उच्च स्तरमा गहन समीक्षा गरिरहेको र प्यालेस्टिनीहरूलाई सहायता प्रदान गर्ने प्रयासमा ‘डब्ल्यूसीकेसँग नजिकबाट काम गरिरहेको’ बताएको छ ।

–चौतर्फी आलोचना–

सोमबार गाजामा मानवीय सहायता प्रदान गर्ने क्रममा पाँच मानवीय सहायताकर्मीको मृत्यु भएपछि विश्व समुदायबाट यस घटनाको चौतर्फी आलोचना भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजामा सहायता वितरण गने क्रममा मारिएका एक अष्ट्रेलियाली नागरिकको मृत्युमा पूर्ण जवाफदेहिताको माग गर्नुभएको छ ।

अल्बानिजले मानवीय सहायताका लागि काम गर्ने संस्था वल्र्ड किचन ९डब्लुसिके० को अभियानमा काम गरिरहेकी अस्ट्रेलियाली नागरिक जोमी फ्र्याङ्ककमको गाजामा हवाई आक्रमणबाट मृत्यु भएको खबरलाई पुष्टि गर्दै यस्तो माग गर्नु भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अल्बानिजले फ्र्याङ्ककमको मृत्यु पूर्ण रूपमा अस्वीकार्य भएको र विदेश मामिला तथा व्यापार विभागले इजरायली राजदूतसँग भेट गर्न अनुरोध गरेको बताउदै उक्त घटना उचित परिस्थिति भन्दा बाहिर गएर भएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रिएन वाट्सनले ह्वाइट हाउसह्राटपूर्ण र यस आक्रमणबाट निकै चिन्तित भएको बताउनुभएको छ ।

उहाँले एक्समा लेख्नुभएको छ, “अति आवश्यक पर्ने सहायता प्रदान गर्ने मानवीय सहायताकर्मीहरूलाई सुरक्षाको प्रत्याभूत हुनुपर्छ ।”

एएफपीका एक फोटोग्राफरका अनुसार शवलाई मध्य शहर देइर अल–बालाहस्थित अस्पतालको शवगृहमा लगिएको छ । रासस/एएफपी

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्