जाडोमा भूकम्प पीडितको बेहाल!



काठमाडौं, पुस १९
केही दिनयता वर्षासँगै बढेको हिमपातले भूकम्पप्रभावित जिल्लाका नागरिकको जनजीवन प्रभावित भएको छ ।

गतिलो छानो र न्याना कपडा नहुँदा सिन्धुपाल्चोक, गोरखा, धादिङ, दोलखालगायत जिल्लाका भूकम्पपीडित अस्थायी टहरोमा सकसपूर्ण रात कटाइरहेका छन्।

‘पाँच दिनदेखि घामको अनुहार देख्न पाएका छैनौं । दिनैपिच्छे पानी परिरहेको छ’ सिन्धुपाल्चोकको हिमाली गाउँ सेलाङस्थित बाँसखर्क शिविरका बेनबहादुर थापाले भने, ‘टहराको पाल पनि च्यातिएको छ, कठ्यांग्रिएरै मरिने पो हो कि’ उक्त शिविरमा वतासे, गोल्चे, गुम्बा र स्याउलेका भूकम्पपीडत वस्दै आएका छन् ।

सिन्धुपाल्चोकका मात्रै होइनन्, भूकम्पप्रभावित सबै जिल्लाका नागरिकको स्थिति दयनीय छ । भूकम्प गएको डेढ वर्ष वितिसक्दा पनि उनीहरुले आवास निर्माण गर्न सकेका छैनन् ।

त्यसैले यसपालिको हिउँद पनि उनीहरुले टहरोमा कठ्यांग्रिएरै विताउनु पर्ने निश्चित भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News