नेपाल र वेस्टइन्डिजबीचको खेल तालिका सार्वजनिक


 


काठमाडौं । वेस्टइन्डिज ‘ए’ र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएको छ ।

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो ।

नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ ।

सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो ।

नेपालले टी-२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्