यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार


 


काठमाडौँ, चैत २७ । संयुक्त अरब इमिरेट्स ९यूएई० मा एक नेपाली महिलाको मृत्यु भएको छ ।

यूएईमै बस्दै आएका उनका श्रीमानसमेत रहेका कैलालीका नेत्रप्रसाद न्यौपानेसँग आपसी विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट खसेर अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो ।

केही दिनअघि दुई जनाबिच विवाद भएको र सोही क्रममा भवनबाट खसेर उनको मृत्यु भएको खबर आएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीले बताए । उनका अनुसार घटनापछि श्रीमान न्यौपाने फरार छन् ।

नेत्रले राधासँग दोस्रो बिहे गरेको र पहिलो बिहे उनले गुपचुप राखेको थाहा पाएपछि मदिरा पिएको बेला उनीहरुबीच विवाद भएको बताइएको छ ।

मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्