२० वर्ष स्विडेनमा बसेकी चिनियाँ पत्रकारलाई देश निकाला


 


काठमाडौं । स्विडेनले २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला गरेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार यो खबर ती महिला पत्रकारका वकिलले मिडियालाई सोमबार जानकारी दिएसँगै बाहिरिएको हो ।

नाम सार्वजनिक नभएकी ती चिनियाँ पत्रकार ५७ वर्षकी भएको बताइएको छ ।

स्विडेनको प्रसारक एसभिटीका अनुसार चिनियाँ राजदूतावास तथा चिनियाँ सरकारसँग जोडिएकाहरूसँग उनको निकट सम्बन्ध भएको बताइएको छ ।

उनका वकिल तथा स्विडेनका नागरिक लिउ ट्रिम काद्रियुले स्विडेनको सुरक्षा खतरा भएको भन्दै उनलाई देश निकाला गरिएको हो ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्