दक्षिण कोरियाको चुनावमा विपक्षी गठबन्धनको जित


 


एजेन्सी । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल गरेको छ ।

बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टीसहितको गठबन्धनले १७५ सिट जितेको हो ।

यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी)ले १०९ सिट जितेको छ । दक्षिण कोरियामा बुधबार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो ।

यो ३२ वर्षयताको सबैभन्दा धेरै हो । बिहीबार बिहान ६ बजेसम्म ९९ प्रतिशत मतगणना भइसकेको छ ।

विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्