चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास


 


काठमाडौं । चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया र अमेरिकासँगै संयुक्त नौ सैनिक अभ्यास सञ्चालन गरेको छ ।

पछिल्लो समय दक्षिण चीन सागरका विषयलाई लिएर चीन र फिलिपिन्सबीच तनाव बढ्दै गइरहेको छ । यससँगै चीनले फिलिपिन्सलाई कुनै किसिमको अभ्यास सञ्चालन नगर्न चेतावनी दिएको थियो ।

फिलिपिन्सले दक्षिण चीन सागरमा रहेको सेकेण्ड थोमस शोल नजिकै नौ सैनिक अभ्यास सञ्चालन गरेको हो । यो स्थान फिलिपिन्सको पलवान टापुबाट १ सय ९४ किलोमिटर र चीनले आफ्नो सार्वभौमिकता दाबी गर्ने मिशसेफ रिफबाट ३२ किलोमिटरको दुरीमा रहेको छ ।

त्यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु चियानले सेकेण्ड थोमस शोलमा समेत आफ्नो मुलुकको दाबी रहेको भन्दै सो क्षेत्रमा कुनै पनि उत्तेजक गतिविधि नगर्न चेतावनी दिएका थिए ।

सेकेण्ड थोमस शोल क्षेत्रमा फिलिपिन्सको बीआरपी सिएरा माद्रे पानीजहाज रोकिएको अवस्थामा रहेको छ । सो स्थिर पानीजहाजलाई फिलिपिन्सले नौ सैनिक गढका रूपमा प्रयोग गर्दै आएको छ ।

सोही क्षेत्रमा पछिल्लो समय चीन र फिलिपिन्सबीच नौ सैनिक तनाव बढ्दै गइरहेको छ । केही समयअघि सो क्षेत्रमा चिनियाँ नौ सैनिक पानीजहाजले फिलिपिनी जहाजलाई लक्षित गरी पानीको फोहोरा प्रहार गरेका थिए ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्