चीनमा भारी वर्षासँगै आँधीबेहरी आउने अनुमान, मौसम विज्ञान केन्द्रले भन्यो– सावधानी अपनाउनू


 


बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीवार भारी वर्षासँगै आँधीबेहरी आउने चेतावनी जारी गरेको छ । देशका केही भागहरूमा भारी वर्षा हुने अनुमानका आधारमा ‘निलो’ चेतावनी जारी गरिएको हो ।

बिहीवार दिउँसोदेखि शुक्रवार दिउँसोसम्म गुइझोउ, हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी, गुआङ्डोङ, निङ्जिया र सानक्सीका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसम विज्ञान केन्द्रका अनुसार यी क्षेत्रका केही भागहरूमा आँधीबेहरीका साथ अधिकतम समय ५० मिलिमिटर भन्दाबढी वर्षा हुने अनुमान गरिएको छ ।

स्थानीय सरकारहरूलाई उचित तयारी गर्न र तदनुसार आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ । विद्यालय र किन्डरगार्टेनलाई विद्यार्थी र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न भनिएको छ । यसै गरी सम्भावित सडक जलमग्नका कारण र ट्राफिक जाम हुन सक्ने हुँदा चालकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

चीनमा चार वाट स्तरका रङ–कोडित मौसम चेतावनी प्रणाली प्रयोग गरिन्छ, जसमा रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र निलो रङ्को चेतावनी क्रमशः जारी हुन्छ ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्