मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु


 


क्वालालम्पुर । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्रस्त एउटा हेलिकप्टरमा सात अर्कोमा तीन जना सवार थिए ।

“सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ”, विज्ञप्तिमा भनिएको छ, “पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ ।” राससरसिन्ह्वा 

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्