डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता


 


एजेन्सी । अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ ।

इथियोपियाली आप्रवासी बोकेको अर्को डुङ्गा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो ।

साथै दुर्घटनामा २८ जना बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले मङ्गलबार जनाएको छ ।

जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० जनाभन्दा बढी यात्रु बोकेको अर्को डुङ्गा डुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ ।

आइओएमका अनुसार उक्त घटनामा बालबालिकासहित ४४ आप्रवासीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्