३१ किलो सुनसहित तीनजना पक्राउ


 


काठमाडौँ, पुस २१

काठमाडौंको गौशालाबाट ३१ किलो अवैध सुनसहित प्रहरीले विहीबार तीनजनालाई पक्राउ गरेको छ । दुबईबाट ल्याइएको उक्त परिमाणको सुनसहित प्रहरीको फन्दामा पर्नेहरुमा गोपालबहादुर शाही, सन्तोष काफ्ले र दीनबन्धु थापा रहेका छन् ।

उनीहरुमध्ये दुबईबाट आएका शाहीले उक्त सुन ल्याएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटसमेत ‘पास’ गराएका थिए । १०–१० तोलाका बिस्कुटको दुई सयथान सुन हेलिकोप्टरको पार्टपूर्जासँगै लुकाएर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त सुनको मूल्य नेपाली बजारमा झन्डै १५ करोड रुपैयाँ पर्दछ । यति ठूलो परिमाणको सुन कसको हो भन्ने खुलेको छैन ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्