ट्याक्सीमा बिलिङ प्रिन्टर जडानको काम सुस्त



काठमाडौं, पुस २३
सरकारले ट्याक्सी चालकको मनोमानी रोक्न बिलिङ मिटर जडानकार्य सुरु गरेको एक महिनामा ७२ वटा ट्याक्सीमा मात्रै बिलिङसहितको प्रिन्टर मिटर जडान भएको छ ।
सरकारले गत मंसीर २३ गतेदेखि प्रिन्टर जडानको कार्य थालेको हो ।

गुणस्तर तथा नापतौल विभागले मंसीर २३ गतेबाट यो नियम लागू गरेपनि तीन सातापछि पुस १७ गतेबाट भने आलोपालो प्रणाली लागू गरेको थियो । आलोपालो प्रणालीमा तालिका बनाई ६ महिनामा बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ मिटर जडान गरिसक्ने योजना विभागको छ ।

साउन ७ गतेभित्र राजधानीमा सबै ट्याक्सीमा बिलिङ मिटर जडान भइसक्नुपर्ने मा एक महिनामा ७२ ट्याक्सीमा मात्रै मिटर जडान गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News