अफगान प्रहरीद्वारा ३४ आपराधिक संदिग्ध पक्राउ


 



कावुल । अफगानिस्तानको प्रहरीले पछिल्लो २४ घण्टामा तीन अपहरणकारीसहित ३४ जना आपराधिक संदिग्धलाई पक्राउ गरेको गृह मन्त्रालयले सोमबार जनाएको छ ।

हेरात, गजनी, समङ्गन, नानगार्हार, तखर र घोर प्रान्तमा काउन्टर ड्रग्स प्रहरीले गरेको अपरेसनपछि कथित अपराधीहरूलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

पक्राउ परेका अधिकांश हत्या र चोरीका घटनामा संलग्न रहेको एक स्रोतले बताएको छ । शङ्कास्पदलाई अनुसन्धान र सम्भावित कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा लगिएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्