Deshko News
१३ आश्विन २०८०, शनिबार

औद्योगिक करिडोरलाई विद्युत्भार कटौती मुक्त गरिने-शर्मा



पर्सा, पुस २३

ऊर्जामन्त्री जनार्दन शर्माले वीरगन्ज औद्योगिक करिडोरलाई छिट्टै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारी भइरहेको बताएका छन । प्रेस सेन्टर नेपाल पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काठमाडौँ उपत्यकालाई पहिलो चरणमा घोषणा गरिएको विद्युत्भार कटौतीमुक्त अभियानको दोस्रो शृङ्खलामा वीरगन्ज औद्योगिक करिडोरलाई जोडिने बताए ।

उनले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् क्षेत्रको विकास नगरी अगाडि बढ्न नसकिने भएकाले त्यसमा सरकार प्रतिबद्ध रहेको बताए ।  ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई साकार पार्न आफूले उद्योगी व्यवसायीलाई समेत जल विद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेको बताए ।

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News