जनपयाेगीकाे साताैं बार्षिक साधारण सभा सम्पन्न


 


काठमाडौँ, पुस २३

जनपयाेगी बचत तथा ऋण सहकारी संस्था काठमाडाैंकाे साताैं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सहकारीले आर्थिक वर्ष २०७२÷०७३ मा रु तीन लाख ३८  हजार अाठ सय १४ रूपैयाँ खुद बचत नाफा आर्जन गरेको छ ।

संस्थाको साताैं वार्षिक साधरणभामा संस्थाका अध्यक्ष सिलाेनबाबु श्रेष्ठले आव २०७२/२०७३ को असार मसान्तसम्म कुल बचत निक्षेप रु पाँच करोड २३ लाख, ६१ हजार र कुल कर्जा लगानी पाँच करोड ७४ लाख ९९ हजार छ सय ८७ रूपैयाँ रहेको जानकारी दिनुभयो ।

संस्थाले आगामी दिनमा सामूहिक लगानीलाई प्रोत्साहन गर्ने र सेयरधनी सदस्य सङ्ख्या वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

सिमित संख्याबाट सुरू भएकाे याे संस्था २०६५ सालमा स्थापना भएकाे हाे । हाल यसका सदस्य संख्या एक सय ५७ जना पुगेका छन् । साधारणसभाकाे नेपाली कांग्रेसका नेता एंव पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्नुभएकाे थियाे ।

साधारण सभामा संस्थाका सचिव एंव प्रवन्ध निर्देशक राेशन श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

दाँवाली मिलन क्लबकाे अग्रसरतामा जनपयाेगी बचत तथा ऋण सहकारी संस्था स्थापना भएकाे हाे । दाँवाली मिलन क्लब सामाजिक क्षेत्रमा नेपालकै स्थापित क्लब हाे ।

क्लबकै अग्रसरतामा राजधानीकाे प्रयागमार्गमा डि एण्ड जे मार्ट समेत खुलेकाे छ ।

 

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्