संगीत साधना प्रतिष्ठानमा धामी



इटहरी, पुस २३
संगीत साधना प्रतिष्ठान, इटहरीको अध्यक्षमा संगीतकार तथा गायक राम धामी चयन भएका छन् । शुक्रबार सम्पन्न प्रतिष्ठानको साधरणसभाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहेका धामीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

यस्तै प्रतिष्ठानको उपाध्यक्षमा राम खडका, महासचिवमा राजु केसी, सचिवमा मोहन तिम्सिना र कोषाध्यक्ष नवीन श्रेष्ठ चयन भएका छन् । यसैगरी साधारणसभाले सदस्यहरुमा टीका लिम्बू, सुजाता बिष्ट, रोशन रानामगर, खुवेन्द्र श्रेष्ठ, श्री पोखरेल र बलराम समाललाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष धामीले ‘नेपाली संगीतको खोज, अन्वेषण एवं संगीत शिक्षालय, सांस्कृतिक सम्पदा संग्रहालयका साथै संगीतगृहको निर्माण कार्यलाई प्रमुख महत्व दिने’ बताए । प्रतिष्ठानले इटहरीमा सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News