कर्मचारीले सामूहिक बिरामी बिदा लिएपछि एयर इन्डियाका ८५ उडान रद्द


 


एजेन्सी । एयर इन्डियाका ८५ उडान रद्द भएका छन् ।

झण्डै सयजना कर्मचारीले अकस्मात बिरामी बिदा माग गरेपछि ८५ उडान रद्द भएका हुन् ।

अचानक माग भएको सामूहिक बिरामी बिदालाई नयाँ स्वामित्वले लगाएको भर्ती र पदोन्नतिको नयाँ नीतिमा कर्मचारीको असन्तुष्टिसँग जोडिएको छ ।

कम्पनीका प्रवक्ताले विज्ञप्ति निकालेर अप्रत्याशित परिस्थितिबाट यात्रुलाई हुने असुविधालाई ध्यानमा राखेर हरसम्भव प्रयास गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्