राष्ट्र बैंकले १० अर्बको रिपो ल्याउदै


 


काठमाडौं, पुस २४

नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको रिपो ल्याउने भएको छ । गत शुक्रबार ल्याएको २० अर्ब रुपैयाँको रिपो बिक्री नभए पनि राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँको रिपो बिक्री गर्न लागेको हो ।

यसको ब्याजदर ४ दशमलव ८७ प्रतिशत रहेको छ । गत शुक्रबार जारी भएको २० अर्ब रुपैयाँको रिपोमा जम्मा दुई बैंक तथा वित्तिय संस्थाले मात्र १ अर्ब ९० करोड रुपैयाँको प्रस्ताव पेस गरेका थिए ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले रिपो बिक्री नभएकाले बजारमा बैंकरहरुले भने जस्तो तरलता अभाव नभएको बताए । बैंकरले भने रिपोको रकमबाट केही गर्न नसकिने भन्दै यसको प्रयोग नभएको बताएका छन् ।

प्रकाशित मिति: २४ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्