कविता – भानु फेरी कलम लिएर आउ


 


sudeer raiभानु आज म तिमिलाई सम्झीरहेछु

भानु आज तिम्रो फेरी कलमको खाँचो छ ।

यो मुलुक आज फेरी तिमीलाई खोजी रहेको छ

भानु घाँसीको अर्ती र उपदेश फेरी मुलुकमा लागू गर्नु छ ।

भानु आज जताततै सन्नटा छाएको छ

२१ अाै‌ सताब्दीको रनकले मुलुकमा बिपत्ति आइपरेको छ ।

चौबन्दी पटुकी, फरीया, दौरा र सुरुबाल गलबन्दीले रिसाइ सकेको छ

रोधीघर र चौतारीले धिक्कारी सकेको छ ।

आधुनिकताको नाममा पाश्चात्य मुलुकको सिको र नक्कल डिस्को र क्याफे धाउने जमाद बढिसकेको छ

धर्म कर्म गर्न छाडेर काटमार, बलात्कार र हिंसामा मुलुक लिप्त भएको छ ।

हिजोआज माछापुच्छ्रे सगरमाथा र मकालु हास्न छोडेको छ

भानु फेरी एउटा इतिहास कोर्नु छ ।

मुलुकको अस्तित्व बचाउनु छ

भानु हिजोआज रम्घास र घाँसीकुवाले सधैं तिम्रै बाटो कुरिरहेछ ।

रामायणका स्लोकहरु सुन्न आतुर फेरी रम्घासले तिमीलाई नै पर्खी रहेछ

भानु फेरी तिम्रो खाचो छ , भानु फेरी कलम लिएर आउ ।

सुधीर राई

प्रकाशित मिति: ३ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्