बागबजारस्थित मौसम सहकारीको साधरणसभा सम्पन्न, अध्यक्षमा पुनः आचार्य


 


पुष २३, काठमाडौ‌ं

काठमाडौ‌ । बागबजारमा रहेको मौसम बचत तथा ऋण सहकारी संस्थाको सातौँं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभामा राष्ट्रिय सहकारी सङ्घका सञ्चालक दक्ष पौडेल(सुवासं)ले सहकारी दिगो आर्थिक विकासको मेरुदण्ड भएको बताए । सहकारी क्षेत्रको दिगो विकासका लागि सदस्यहरू जागरुक हुनुपर्नेमा उनको भनाई थियो ।

केही सहकारीको बदमासीका कारण सिङ्गो सहकारी क्षेत्र बदनाम बन्न पुगेकोमा दुःख व्यक्त गर्दै सहकारी क्षेत्रमा आफ्नै नियम अत्यावश्यक रहेको पौडेलले बताए । संस्थाका अध्यक्ष लक्ष्मण आचार्यले संस्थाको मुख्य उद्देश्य वित्तीय सेवा प्रदान गर्नु र सदस्यहरूलाई सेवाको पहुँच वृद्धि गर्नु रहेको बताए ।

हाल ५० लाख २० हजार शेयर पुँजी रहेको संस्थाले ४७ लाख ३६ हजार ८ सय ३२ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।

अध्यक्षमा पुनः आचार्य

साधरणसभाले संस्थाको  अध्यक्षमा पुनः लक्ष्मण आचार्य नै चयन गरेको छ । सातौँ वार्षिक साधारण सभाले उनलाई निर्विरोध अर्को कार्यकालका लागि  निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा जुद्ध बहादुर गुरुङ, सचिवमा दुर्गादक्त शर्मा , कोषाध्यक्षमा  इन्दिरा कुमारी शर्मा र सदस्यहरूमा क्रमशः नरायण रेग्मी , रेखा शर्मा (सापकोटा) देवी देवकोटा रहेका छन् । यस्तै लेखा समितिको संयोजकमा नारायण प्रकाश श्रेष्ठ, शिक्षा समिति संयोजकमा अशोक पौडेल, अनुशासन समितको स‌ंयोजकमा कृष्ण गदाल र जनसम्पर्क समिति संयोजकमा जुद्ध बदाहुर गुरुङलाई चयन गरेको छ ।

प्रकाशित मिति: २४ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्