इरानमा राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना, खोजीकार्य जारी


 


एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।

अजरबैजानबाट फर्किने क्रममा उनी सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा राष्ट्रपति रैसीसहित विदेशमन्त्री हुसेन अमिर बदोल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, पूर्वी अजरबैजानका गभर्नर मलिक रहमतीसहित सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हेलिकप्टर अजरबैजानसँगको सिमानानजिकै दुर्घटनामा परेको अल्जजिराले उल्लेख गरेको छ । हेलिकप्टरको खोजिकार्य जारी रहेको बताइएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्