कन्सुलर सेवा अब अनलाइनमा



काठमाडौं, पुस २६
तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन् ? कोही आफन्तको मृत्यु विदेशमा भएको छ र शव झिकाउनु पर्नेछ ? वा, विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति तथा बिमा रकम हकदारलाई दिलाउने प्रक्रिया सुरु गर्नुपर्नेछ ?

यी सबै कार्यको लागि सरकारसँग सहयोग माग्न अब सेवाग्राहीले काठमाडौं धाइरहनु पर्नेछैन । इन्टरनेट सुविधा भए सेवाग्राहीले आफ्नै घरमा बसेर यो सेवा उपयोग गर्न सक्छन् ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले छिटै कन्सुलर सेवालाइ अनलाइनमार्फत उपल्ब्ध गरोउने तयारी गरेको छ ।

कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले भने ‘अहिले हामी अनलाइन सेवाको आन्तरिक रुपमा परीक्षण गरिरहेका छौं ।

परीक्षणका क्रममा देखिएका समस्या सच्चाउने काम भैरहेको छ । केही दिनभित्रै सेवाग्राहीका लागि यो सेवा अनलाइनमा उपलब्ध गराइनेछ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News