फार्महाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता


 


पोखरा, जेठ १३ । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तब्य, हिमाल पारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

गत शुक्रबार एक समारोहकाबीच फार्म हाउस होटल तर्फबाट प्रोप्राइटर समराज गुरुङ्ख, र प्रभु बैंक लिमिटेडतर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

एग्रो मनाङ प्रा.लि.द्वारा संचालित फार्म हाउस होटल बिगत पाँच वर्षदेखि संचालनमा आएको मनाङ जिल्लाकै सुविधा सम्पन्न होटलको रुपमा परिचित छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधीबाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर छन् ।

“बिश्वास लिन्छौं बिश्वास दिन्छौं”मुल नाराका साथमा बैंकले करिब ३१ लाखभन्दा वढि ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्