८० वर्षपछि भेटियो दोस्रो विश्वयुद्धमा डुबेको अमेरिकी पनडुब्बीको भग्नावशेष


 


काठमाडौं । अमेरिकाको सबैभन्दा प्रसिद्ध पनडुब्बी मध्येको एक युएसएस हार्डरको भग्नावशेष ८० वर्षपछि दक्षिण चीन सागरमा भेटिएको छ ।

यो दोस्रो विश्वयुद्धमा २९ अगस्ट १९४४ मा विपक्षीले गरेको आक्रमणमा डुबेको थियो ।

यसमा रहेका ७९ जना चालक दलका सदस्य सबैको ज्यान गएको थियो ।

फिलिपिन्सको लुजोन टापुबाट ३ हजार फिट तल पनडुब्बीको भग्नावशेष फेला परेको बताइएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्